प्रज्ञा इन्टरनेशनलको आधिकारिक वेबसाइटमा यहाँलाई हार्दिक स्वागत छ। यस वेबसाइटको प्रयोग गर्नुअघि कृपया निम्न नियम तथा सर्तहरू ध्यानपूर्वक पढ्नुहोला। यस वेबसाइटको प्रयोग गर्नुको अर्थ तपाईँ यी सर्तहरूसँग सहमत हुनुहुन्छ भन्ने बुझिन्छ।
१. सामान्य जानकारी
यो वेबसाइट प्रज्ञा इन्टरनेशनल (Pragya International) द्वारा सञ्चालन गरिएको हो।
यस वेबसाइटमा उपलब्ध सामग्रीहरू (Text, Graphics, Logos, Images) प्रज्ञा इन्टरनेशनलको बौद्धिक सम्पत्ति हुन्। यसलाई बिना अनुमति व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन।
२. उत्पादन र सेवाहरू
हामी हाम्रा हर्बल उत्पादनहरू (जस्तैः स्याम्पु, साबुन, दन्त रक्षा टुथपाउडर, फास्ट रिलिफ स्प्रे, बाथ नाशक मालिस तेल, १० भन्दा बढी विभिन्न जडिबुटी चिया आदि) को बारेमा सही जानकारी दिने प्रयास गर्दछौँ।
उत्पादनको प्याकेजिङ वा रङ्गमा समय–समयमा केही परिवर्तन हुन सक्छ, जसको जानकारी वेबसाइटमा अपडेट गरिनेछ।
३. अर्डर र भुक्तानी
वेबसाइटमार्फत गरिएका अर्डरहरू आधिकारिक रूपमा पुष्टि भएपछि मात्र मान्य हुनेछन्।
अर्डर प्रमाणीकरण र सुरक्षित भुक्तानी: फेक अर्डर (नक्कली अर्डर) बाट बच्न र सुरक्षित डेलिभरी सुनिश्चित गर्नका लागि यस वेबसाइटमार्फत गरिने सबै अर्डरहरूको पूर्ण रकम (Full Payment) अग्रिम भुक्तानी भएपछि मात्र अर्डर आधिकारिक रूपमा दर्ता (Place) हुनेछ।
भुक्तानीका माध्यमहरू: ग्राहक महानुभावहरूले अर्डरको रकम भुक्तानीका लागि प्रज्ञा इन्टरनेशनलको आधिकारिक डिजिटल माध्यम ईसेवा (eSewa) अथवा कम्पनीको आधिकारिक कुमारी बैंक लिमिटेडको खाता प्रयोग गर्न सक्नुहुनेछ:
-
-
बैंकको नाम: कुमारी बैंक लिमिटेड (Kumari Bank Ltd.)
-
खातावालाको नाम: प्रज्ञा इन्टरनेशनल (Pragya International)
-
खाता नम्बर: 1710363668700001
-
४. डेलिभरी प्रक्रिया
हामी तोकिएको समयभित्र उत्पादन डेलिभरी गर्ने प्रयास गर्नेछौँ। तर, ढुवानीका क्रममा हुने प्राविधिक ढिलाइ वा प्राकृतिक अवरोधका कारण ढिलो भएमा कम्पनी जिम्मेवार हुने छैन।
रु.२,००० भन्दा माथिको सामानमा नेपाली भरी निशुल्क डेलिभरीको सुविधा रहनेछ भने सोभन्दा कमको सामान खरिदमा डेलिभरी शुल्क ठाउँ अनुसार फरक फरक हुन सक्छ, जुन ग्राहकवगर्गले तिर्नुपर्नेछ।
डेलिभरी लिने समयमा सामानको अवस्था जाँच गर्न अनुरोध गरिन्छ।
५. फिर्ता तथा साटफेर (Return & Exchange)
यदि प्राप्त भएको सामान बिग्रिएको (Damaged) वा गलत परेको खण्डमा, डेलिभरी भएको २४ घण्टाभित्र हामीलाई सम्पर्क गर्नुपर्नेछ।
प्रयोग गरिसकिएको वा सिल तोडिएको कस्मेटिक तथा हर्बल उत्पादनहरू स्वास्थ्य सुरक्षाका कारण फिर्ता गरिने छैन।
६. नियममा परिवर्तन
प्रज्ञा इन्टरनेशनलले कुनै पनि समयमा यी नियम तथा सर्तहरू परिवर्तन गर्ने अधिकार सुरक्षित राख्दछ। नयाँ नियमहरू वेबसाइटमा राखिएपछि तुरुन्तै लागू हुनेछन्।
सम्पर्क जानकारीः
यदि तपाईँसँग हाम्रा नियमहरूको बारेमा कुनै प्रश्न भएमा, कृपया हामीलाई सम्पर्क गर्नुहोस्ः
कार्यालयः गौरीगंगा ७, मसुरिया, शाझाबजार, कैलाली, नेपाल ।
इमेलः pragayinternational79@gmail.com
फोनः 9766092848 / 9715955511
